मंसिर ३०–
भारतीय हाँस्यकलाकार कपिल शर्मामाथि बुधबार दोस्रो पटक मुद्दा दर्ता भएको छ ।
पर्यावरणलाई नोक्सानी पुर्याएको भन्दै कपिलमाथि इन्भारोमेन्ट प्रोटेक्सन एक्ट र एमआरटीपी एक्टका अनुसार एफआइआर दर्ता गर्रिको हो । उनले वर्सोवामा आफ्नो अफिस निर्माणका लागि म्यान्ग्रोवलाई नष्ट गरेको उनीमाथि आरोप लागेको छ । यो विषयमा पुलिसले कपिलमाथि तीनवटा मुद्दा दर्ता गरेको छ ।
वरसोवा पुलिस स्टेशनले कपिल शर्माविरुद्ध मुद्दा दर्ता गरेको हो । आइपीसी १५७ को अनुसार एफआइआर दर्ता गरिएको उक्त मुद्दामा ५ वर्षको सजायँको प्रावधान रहेको छ ।