Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बर्दियामा हात्ती महोत्सव मङ्सिर २८ देखि – Gaule Khabar

बर्दियामा हात्ती महोत्सव मङ्सिर २८ देखि

बर्दियामा हात्ती महोत्सव मङ्सिर २८ देखि

बर्दिया, मंसिर २७–

बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ ।

यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो ।

महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजा समेतको सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत गरिने र आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको आनन्द लिन सक्ने छन् ।

यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर ८५ पुगे पछि यस निकुञ्ज क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक सङ्ख्या पनि अत्यधिक रहेकाले यस महोत्सवमा पर्यटकको सङ्ख्या अझ बृद्धि हुने विश्वास गरिएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका