अल कैम क्षेत्रमा हवाई हमला, ६३ भन्दा बठिको ज्यान गयो

अल कैम क्षेत्रमा हवाई हमला, ६३ भन्दा बठिको ज्यान गयो

इराक,मंसिर २३–

इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको ज्यान गएको छ ।

मृत्यु हुनेमा धेरै बालबालिका र महिला रहेको बीबीसीले जनाएको छ । अमेरिकी नेतृत्ववाला गठबन्धन तथा इराकी एयर फोर्स दवै लगातार यर क्षेत्रमा बम खसालिरहेका छन् । तर, अलिसेसम्म यो हमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन ।

मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यु भएको छ । सिरिया लगत्तै इराकको उक्त सहरमा उज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मिसाइलको निशाना इस्लामिक स्टेटको हेर्डक्वाटरको क्षेत्रमा खसाल्न लागिएको थियो । तर, मिसाइल एक व्यस्त बजारवाला क्षेत्रमा खसेको थियो ।

स्लामिक स्टेटसँग सम्बन्धित अमाका न्यूज एजेन्सीले हमलामा १२० मानिस मारिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ