सरकार सङ्कटमा छ – मन्त्री शाही
पोखरा, मंसिर २३ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउनुभयो । “संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो”, उहाँले भन्नुभयो – “संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता […]