पार्वती खालिङ राई एनओसी अवार्ड २०२४ द्वारा सम्मानित

पार्वती खालिङ राई एनओसी अवार्ड २०२४ द्वारा सम्मानित

काठमाडौं । कबर्डिका प्रमुख प्रशिक्षक पार्वती खालिङ राईले एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा
आइतबार भएको कार्यक्रमबीच खालिङ राईलाई उत्कृष्ट महिला प्रशिक्षक (NOC Best Coash female) को अवार्ड प्रदान गरिएको हो ।

खालिङ राईको टिमले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । पुरुष उत्कृष्ट प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ घोषित भए ।

यस्तै करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पारा एथलेटिकमा तेक्वान्दोकी पलेशा गोवर्द्धनले अवार्ड हात पारे ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कबड्डी संघ, नेपाल कराते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुव तुलाधर, अनलाइन मिडियामा नवीन लुइटेल, स्पोर्टस फोटो जर्नलिस्टमा उज्वल डंगोल र स्पोर्टस भिडियो जर्नलिस्टमा प्रदीप लेखी उत्कृष्ट घोषित भए ।

कार्यक्रम प्रत्येक उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक तथा संचारकर्मीलाई अवार्डसहित ५० हजार रुपैंया पनि प्रदान गरिएको थियो । कार्यक्रम ओलम्पिक डेका अवसरमा आयोजना भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका