सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा सन्चाल भएको निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
गाउँपालिकामा बिहिबारबाट सन्चालन भएको शिबिरमा ३ हजार भन्दा बढीले सेवा लिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए ।
रोटरी क्लव अफ रत्ननगर जर्मनको सहयोगमा महाकुलुङ गाउँपालिकाको सहकार्यमा सुरु गरेको शिविरमा ८१ जनाको मोतिविन्दु शल्यकृया गरिएको छ भने १४ सय भन्दा बढीलाई चस्मा र औषधी वितरण गरिएको महाकुलुङ गाउँपालिकाले जनाएको छ ।