काठमाण्डौ । सोलुखुम्बु जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट कार्यक्रम सुरु भएको छ ।
सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाको उपमेयर गान्धीमाया तामाङ र प्रमुख जिल्ला अधिकारी अनिल खनालले खेलाडी छनोट कार्यक्रमको उद्घाटन गरेका छन् ।
भलिबल, फटबल, ब्याडमिन्टन, टेबलटेनिस, कराँते, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, एथलेटिक्सलगायतका १३ विधाका खेलबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलाडी छनोटका लागि आजैदेखि खेल सुरु गर्ने तयारी भएपनि प्रतिकुल मौसमका कारण खेल भने हुन सकेन । भोलिदेखि सम्पुर्ण खेलहरु सन्चालन हुने र छनोट खेल आगामी भदौ ११ गतेसम्म सञ्चालन हुनेछ भने जिल्लाबाट १ सय ९६ जना खेलाडी छनोट गरिनेछ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरे बताए ।