नेचासल्यान गाउँपालिका अध्यक्ष राईको गाडी दुर्घटना

नेचासल्यान गाउँपालिका अध्यक्ष राईको गाडी दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुको नेचासल्यान गाउपालिका अध्यक्ष धनजन राई सवार बोलेरो दुर्घटनामा परेको छ ।

झपाबाट सोलुखुम्बु आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो आईतबार विहान १० बजे उदयपुरको त्रियुगा नगरपालिका ७ चिसापानीमा अनियंत्रित भै पल्टिएको हो । दुर्घटनामा नेचासल्यान गाउँपालिका अध्यक्ष बर्ष ५४ का धनजन राई र बर्ष ३२ का झमक बहादुर विश्वकर्मा समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अध्यक्ष राईको बाँया कानको छेउमा सुनिएको छ भने विश्वकर्माको खुट्टा र हातको औलामा चोट लागेको हुदा घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । बोलेरोमा ३ जना यात्रु सवार रहेका थिए । अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका