काठमाण्डौ । मंसिर ४ गते सरकारले चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले मंसिर २ मा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गरेको छ ।
मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले मंसिर २ शुक्रबार चुनाव नगरि सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो ।
प्रतिनिधि सभा र प्रदेशको चुनाव ४ मंसिरको आइतबार एकै चरणमा हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश हुने भएको छ ।