काठमाण्डौ । सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका– ९ लोखिममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । मंगलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले सात वर्षीय बालक सुजन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
मृतककी आमा ताकमाया तामाङ घाइते भएकी छिन् । ताकमाया छोरालाई लिएर माइत हिँडेकी थिइन् ।पानी परेकाले ओत लाग्न घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो ।