संसद्मा एमालेको अवरोध

संसद्मा एमालेको अवरोध

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले वेल घेराउ गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका हुन् । एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ ।

सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न आग्रह गर्दै जनताका आवाजलाई मुखरित हुन दिन र राज्य सञ्चालनका लागि आवश्यक ४२ विधेयकमा छलफल गर्ने वातावरण निर्माणका लागि विशेष अनुरोध गरे ।

सभामुखको पटकपटकको आग्रहपछि पनि विपक्षीले नाराबाजीसहित विरोध जारी राखेका थिए । सभामुख सापकोटाले सदनको अवरोधबारे नागरिक समाज, बौद्धिक जगतलेसमेत चिन्ता जाहेर गरेका सन्दर्भमा पनि ध्यानाकर्षण गराएको थियो ।

सभामुख सापकोटाले अवरोधका कारण संसदीय गतिविधि प्रभावहीन बन्न पुगेको र नागरिकबाट सिर्जित नागरिकको सर्वोच्च निकायका सम्मानित सदनमा विधि र प्रक्रियाबाट आफ्ना विषय राख्न आग्रह गरे । “संसद् सञ्चालन गरौँ, बैठक सुसञ्चालनको वातावरण सिर्जना गरौँ, म विशेष आग्रह गर्दछु”, उनले भने । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका