काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिकामा एकैदिन २ वटा भवनको शिलान्यास गरिएको छ । शुक्रबार बहुप्राविधिक शिक्षालयको मास्टर भवन र पालिकाको प्रशासकिय भवनको एकसाथ शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सबिता राईले करिब ७ करोडको लगानीमा निर्माण हुने थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालयको मास्टर भवन र ४ करोड ५० लाखमा निर्माण हुने प्रशासनिक भवनको शिलान्यास गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईले शैक्षिक केन्द्र बनाउने लक्ष्य रहेको बताए र ३ वर्षे सिभिल सव–ईन्जिनियरिङ, वाली विज्ञान लगायतका प्राविधिक विषयहरुको पठनपाठन शुरु गरिएको र आवश्यकता अनुसार विषय थप गर्दै जाने बताए । भवन निर्माणको लागि स्थानीय एकबहादुर गुरुङले निशुल्क जग्गा प्रदान गरेको अध्यक्ष राईले जानकारी गराए । गाउँपालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशी गाउँपालिका जनताको हित अनुसार अगाडी बढेको दाबी गरे सगै आफुहरु समृद्ध पालिको अभियानमा रहेकाले हरेक क्षेत्रको विकासमा थुलुङ दुधकोशी अघि रहेको जिकिर गरे ।