देशभर चिसो बढ्यो

देशभर चिसो बढ्यो

काठमाण्डौ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५।४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री थियो ।

न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली कुण्डका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका