काठमाण्डौ । हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ आजबाट प्रशारण हुने भएको छ । बेलुकी ८ बजेबाट शो प्रशारण हुन लागेको हो ।
आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।
शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् । लक्ष्मण पौडेल निर्देशक हुन् । नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।