कायाखेत मोटरेबल पुल शिलान्यास

कायाखेत मोटरेबल पुल शिलान्यास

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका जोड्ने कायाखेतमा मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ७ को सिमानामा पर्ने दुधकोशी नदिमा निर्माण हुन लागेको मोटरेबल पुलको शिलान्यास सोलुखुम्बुवाट निर्वाचित संघीय सांसद हेम कुमार राईले गर्नु भएको हो ।

करिब साडे पाँच करोडको लागतमा जलप नेपाल कन्ट्रक्सनले निर्माण गर्ने पुलका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त लगानी गर्नेछन् । संघीय सरकार स्थानीय पुर्वधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड रकम लगानी गर्नेछन् । बाँकी रकम माप्यदुुधकोशी गाउँपालिकाले बेहोर्ने बताइएको छ ।

प्रदेश सांसद् एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी र प्रदेश सांसद उत्तम कुमार बस्नेत, नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई शिलान्यास कार्यक्रममा बिशिष्ठ अतिथि रहेका थिए । शिलान्यास कार्यक्रममा माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता मगर, नेकपा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष गौरब राई, स्थानीय जनप्रतिनिधी र माप्य दुधकोशी गाउँपालिका वडा न ६ र ७ का जनताको बाक्लो उपस्थित रहेको थिए ।

संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा हालै मात्र माप्य खुम्बु मितेरी पुल निर्माण सम्पन्न भई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका