गाउँले न्युज, काठमाण्डौ । झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ । आज काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
‘ए मेरो हजुर ४’ चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो । चलचित्रको केही दृश्य खिचेर आजै पोखरा जाने निर्देशक झरना थापाले जानकारी दिइन् ।
चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रको छायांकन पोखरा, काठमाण्डौ, ललितपुरका साथै यूरोप र ओमानमा पनि गरिने छ ।